Techie IT
२०८३ असोज २४, शनिबार

धर्नास्थलबाटै ममता बनर्जी पक्राउ, अज्ञात स्थलतर्फ लगियो


पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री एवम् तृणमूल कांग्रेस (टीएमसी) की अध्यक्ष ममता बनर्जीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

टीएमसीका प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल 'एक्स'मार्फत जानकारी दिएअनुसार ममता बनर्जीसहित पाँच जना शीर्ष नेताहरूलाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले मुख्यमन्त्री आवासबाहिरबाट नियन्त्रणमा लिएको हो। उनीहरूलाई प्रहरी भ्यानमा राखेर अज्ञात स्थलतर्फ लगिएको छ। गोखलेले यस घटनालाई 'भारतमा लोकतन्त्रको हत्या' भन्दै कडा आपत्ति जनाएका छन्।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जन्तरमन्तर जान रोकेपछि ममता बनर्जीसहित टीएमसीका नेताहरूले साउथ एभिन्यूस्थित बस बिसौनीमै धर्ना दिएका थिए। धर्ना बसेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिनुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ममता बनर्जीले आफूहरू शान्तिपूर्ण प्रदर्शनका लागि जन्तरमन्तर जान चाहे पनि प्रहरीले बाटो छेकेको बताएकी थिइन्। उनले भारतको वर्तमान स्थिति संकटकाल (इमरजेन्सी) भन्दा पनि भयावह र खराब बनेको टिप्पणी गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट