Techie IT
२०८२ असार ३, मंगलबार

आजको राशिफल (माघ १७ गते)


आज विक्रम संवत २०८१ साल माघ १७ गते, बिहीबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि। ईश्वी सन् २०२५ जनवरी ३० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४१ मिनेट ।  
रैवारप्रेसका लागि पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इच्छाशक्ति बढ्नेछ, काममा उत्साहजनक समय हुनेछ । प्रयत्न गरेका कार्य छिट्टै पूरा हुनेछन् । साथीभाइको सहयोग मिल्नेछ भने आफन्तसँग आत्मीयता बढ्नेछ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरपरिवारसँग मनमुटावको सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष ध्यान दिनुहोस्। प्रेम सम्बन्धमा तनाव हुने संकेत छ। अध्ययनका लागि टाढाको यात्रा गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनावश्यक विवादमा फस्न सकिन्छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। पढाइ लेखाइमा मन नजान सक्छ। माया प्रेममा खटपट हुन सक्ने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम गर्ने जोश बढ्नेछ। व्यापारबाट मनग्गे फाइदा हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। माया प्रेममा आत्मीयता बढ्नेछ। यात्राले सकारात्मक नतिजा दिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जीवन सुखद रहनेछ। प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ। न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ। पुराना ऋण चुक्ता गर्न सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र प्रतिस्पर्धामा विशेष मिहिनेत गर्नुपर्नेछ। प्रेम सम्बन्धमा अविश्वासले समस्या निम्त्याउन सक्छ। पेटसम्बन्धी समस्या देखिन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। पढाइमा ध्यान नजाने सम्भावना छ। कृषि व्यवसायबाट राम्रो फाइदा मिल्न सक्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानो प्रयत्नले राम्रो फाइदा हुनेछ। प्रेममा सामीप्यता बढ्नेछ। व्यवसायबाट आम्दानी हुने योग छ। रमाइलो यात्राको सम्भावना छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
रुपैयाँ पैसाको कारोबार गर्दा सतर्क रहनुहोला। माया प्रेममा शंका नअपनाउनु नै उचित हुनेछ। सांगीतिक गतिविधिमा रमाइलो हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे)
विशेष अवसर प्राप्त हुनेछ। विलासी वस्तुको उपयोगले अरूलाई आकर्षित गर्न सकिनेछ। दाम्पत्य जीवन सुखी रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यापारमा फाइदा हुने सम्भावना छ। परिवारसँग समय बिताउन पाइनेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
व्यवसाय फस्टाउनेछ। विशिष्ट व्यक्तिहरुसँगको भेटघाटले अवसर बढाउनेछ। प्रेमलाई विवाहमा परिणत गर्ने सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट