Techie IT
२०८२ फागुन १५, शुक्रबार

विपक्षी दलहरू माओवादी संसदीय दलको कार्यालयमा, संसद् बैठक र अध्यादेशबारे छलफल गर्दै


काठमाडौं । विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतको बैठक बसेको छ । 

आज (बिहीबार) बिहानदेखि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालय उक्त बैठक बसेको हो । 

संसद्को दिउँदे अधिवेशन भोलि (शुक्रबार)देखि सुरु हुँदैछ । त्यसैको तयारीका लागि विपक्षी दलहरू संयुक्त छलफल गर्दैछन् । सरकारले झन्डै ६ महिनायता संसद् अधिवेशन बोलाएको छैन । 

बरु उसले संसद् अधिवेशन बोलाउनुको साटो ६ वटा अध्यादेश र ३२ वटा विधेयक पारित गरेको छ । त्यसको विपक्षी दलहरूले खुलेर विरोध गर्ने बताएका छन् । 

यसका साथै संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारेमा पनि विपक्षीहरूले बैठकमा सघन छलफल गर्नेछन् । यसका साथै भावी रणनीति पनि तय गर्ने बुझिएको छ । 

सत्तारूढ दलहरूले यसअघि नै संसद्मा एकमुख भएर प्रस्तुत हुने निर्णय गरेका छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट