Techie IT
२०८२ मंसिर ६, शनिबार

भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स


काठमाडौं । यो आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जसमा अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशत वृद्धि देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार, यो वृद्धि दर अघिल्लो वर्षको २२.२ प्रतिशत वृद्धिको तुलनामा निकै कम छ ।

त्यसैगरी, खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि वृद्धि भई ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

वैदेशिक रोजगारीतर्फ, यो अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या २,३०,४३९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १,६२,६२८ रहेको छ । 

अघिल्लो वर्षको तुलनामा दुवै संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ ।

यसबाट नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका अझै कायम रहेको स्पष्ट हुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट