Techie IT
२०८२ फागुन १३, बुधबार

तराई–मधेस केन्द्रित दलहरू संयुक्त मोर्चा निर्माणको तयारीमा, आज बैठक बस्दै


काठमाडौं । तराई–मधेस केन्द्रित दलहरूको संयुक्त बैठक बस्ने भएको छ । ८ दलहरू मिलेर संयुक्त मोर्चा निर्माणका लागि बैठक बस्ने भएको हो । 

आज (सोमबार) दिउँसो १ बजे सिंहदरबारस्थित नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । 

मधेस तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल गर्न ८ दलको बैठक बस्न लागेको जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिए । 

उनका अनुसार बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट रामनरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादव सहभागी हुनेछन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट