Techie IT
२०८२ मंसिर ६, शनिबार

सहकारी ठगी प्रकरण : रविसहित १४ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता हुँदै


चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी आज रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो । गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट