अन्तर्राष्ट्रिय
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले टर्कीको भ्रमण गर्ने
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको निमन्त्रणामा मङ्गलबार टर्कीको भ्रमण गर्नेछन् । शाराले साउदी अरबको भ्रमणपछि आफ्नो दोस्रो अन्तर्राष्ट्रिय भ्रमणका रूपमा टर्की जान लागेको हो ।
शाराले सिरियाको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि खाडी मुलुकहरूको सहयोग खोजिरहेका छन् । टर्कीसँगको गहिरो सम्बन्ध र कूटनीतिक वार्ताका आधारमा शाराले सिरियामा स्थिरता र सुरक्षाको लागि सहकार्य गर्ने योजना बनाएका छन् ।
टर्कीले सिरियामा आफ्नो कूटनीतिक नियोग पुनः खोलिसकेको छ र गुप्तचर प्रमुख तथा विदेशमन्त्रीलाई शारासँग वार्ता गर्न पठाएको छ। यस भ्रमणले दुई देशका सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।
यो भेटवार्ता सिरियामा आर्थिक पुनरुत्थान, दिगो स्थिरता र सुरक्षामा संयुक्त कदम चाल्ने विषयमा केन्द्रित हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस