प्रधानमन्त्री सिंहदरबार नआएपछि मन्त्रीहरू पुगे बालुवाटारमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा उपस्थित भएनन् ।
सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि मन्त्रीहरू बालुवाटार पुगेका छन् ।
आज (सोमबार) दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा ओली नआएपछि मन्त्रीहरू बालुवाटार पुगेका हुन् ।
अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । यसअघि ४ बजे बस्ने भनिएको बैठक भर्खरै ५ बजेबाट सुरु भएको छ ।
यद्यपि बैठकका एजेन्डाहरू सार्वजनिक गरिएको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस