Techie IT
२०८२ असार ३, मंगलबार

आजको विस्तृत राशिफल (२०७९ माघ २२)


आज विक्रम संवत २०८१ साल माघ २२ गते, मंगलबार । माघ शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी ४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४५ मिनेट । दिनमान २७ घडी १७ पला । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजकाे दिन व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गर्नेहरूका लागि फलदायी रहनेछ । नसोचेको नाफा हुने समय छ । माया प्रेममा नजिक हुने अवसर मिल्नेछ, प्रेमीको साथले दिन रोमाञ्चक बन्न सक्छ । परिवारको सहयोगले मानसिक उत्साह बढ्नेछ । सामाजिक र व्यवसायिक सम्बन्ध सुदृढ बन्नेछ । स्वास्थ्यमा सुधार आउनेछ भने नयाँ काम सुरु गर्न राम्रो समय हो ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वैदेशिक काम र आयात-निर्यातको क्षेत्रमा संलग्न व्यक्तिहरूलाई आजको दिन फाइदाजनक रहनेछ । स्वास्थ्य सुधार हुनेछ । लामो यात्रामा जानुपर्ने सम्भावना छ । आर्थिक क्षेत्रमा सकारात्मक सुधार हुने समय छ । शेयर बजार वा वित्तीय क्षेत्रमा लगानी गर्दा फाइदा मिल्नेछ । पारिवारिक मतभेद घट्नेछ भने आफन्तको साथ पाउने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धन प्राप्तिको राम्रो समय छ। व्यवसाय र वैदेशिक कारोबारबाट उल्लेख्य फाइदा हुनेछ । तरल तथा खनिज पदार्थको व्यापार फस्टाउने सम्भावना छ । प्रेम सम्बन्ध थप बलियो हुनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्ने समय छ । पारिवारिक वातावरण सुखद् रहनेछ भने घरायसी विवाद सुल्झनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना चुनौती समाधान गर्दै नयाँ अवसर खोज्न सकिने दिन हुनसक्छ । व्यवसायिक यात्राबाट फाइदा हुने समय छ। अध्ययनमा प्रगति गर्न सकिनेछ भने लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् । पारिवारिक जीवन सुमधुर हुनेछ भने सामाजिक कामबाट प्रशंसा पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा परोपकारी काममा संलग्न हुने समय छ । अध्ययन, खोजमूलक र लेखन कार्यमा सफलता मिल्नेछ । शुभचिन्तकहरूको सल्लाहलाई प्राथमिकता दिनुहोस् । विदेश यात्राको सम्भावना छ। बुवाबाट विशेष सहयोग प्राप्त हुने समय छ । प्रेम सम्बन्धमा नयाँ ऊर्जा आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । दिदीबहिनी वा आफन्तको सहयोगले महत्वपूर्ण काम गर्न सकिनेछ । व्यापार व्यवसायमा मनग्ये लाभ हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि अनुकूल समय हो । साहित्य लेखन र अध्ययनका क्षेत्रमा सफलता मिल्ने सम्भावना छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कामको थालनी गर्दा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ भने वैदेशिक कारोबारबाट आम्दानी हुने सम्भावना छ । शेयर बजारमा गरिएको लगानीबाट पनि नाफा हात लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । न्यायालय वा सरकारी निर्णयहरू तपाईंको पक्षमा हुने सम्भावना छ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ । पुराना समस्याहरू आफैँ समाधान हुँदै जानेछन् । मावली पक्षबाट सहयोग मिल्ने समय छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
पढाइमा मन जानेछ । वित्तीय क्षेत्रमा लगानी गर्दा मनग्ये आम्दानी हुनेछ । अफिस वा नोकरीमा बढुवा वा सम्मानको सम्भावना छ। माया प्रेममा नजिक भइ रमाउने समय छ। यात्राबाट सकारात्मक परिणाम हात पर्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो)
व्यापार व्यवसायमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ । कृषिक्षेत्रमा गरिएको कामबाट फाइदा मिल्नेछ । शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । माया प्रेममा नजिकिन चाहनेहरूका लागि समय अनुकूल छ । स्वास्थ्य राम्रो रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वनभोज तथा सामाजिक जमघटमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । छोटो दूरीको यात्रा फलदायी हुनेछ । व्यवसायमा लगानी बढाएर नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा खुशियाली छाउनेछ । दाजुभाइ तथा इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापार, उद्योग तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ । अध्ययनमा ध्यान केन्द्रित गरिए सकारात्मक नतिजा हात लाग्नेछ । पारिवारिक जीवन सुखद् रहनेछ । नयाँ कामको योजना बनाउन अनुकूल समय छ । पत्रकार तथा राजनीतिज्ञका लागि आजको समय फलदायी छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट