सत्ता र विपक्षी दलका सचेतकसँग छलफल गर्दै सभामुख
काठमाडौं । सत्ता र विपक्षी दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले छलफल गर्दैछन् । उनले आज (बुधबार) दिउँसो ३ बजे छलफल गर्न लागेका हुन् ।
भोलि (बिहीबार) बस्ने संसद् अधिवेशनबारे छलफल गर्न सिंहदरबारमा सचेतकहरूलाई बोलाइएको छ ।
प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस