Techie IT
२०८२ मंसिर ३, बुधबार

अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्प डराए, दोस्रो चरणको बहसमा ट्रम्पले भाग लिन अस्वीकार


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिससँग हुने दोस्रो चरणको प्रेसिडेन्शियल डिबेटमा भाग लिन अस्वीकार गरेका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि उम्मेदवारहरूबीच हुने दोस्रो चरणको बहसमा ट्रम्पले सहभागी नहुने घोषणा गरेका हुन्।

बीबीसीका अनुसार दुई दिनअघि पेनसिल्भेनियाको फिलाडेल्फियामा पहिलो चरणको प्रेसिडेन्शियल डिबेट सम्पन्न भएको थियो, जसमा ह्यारिसले ट्रम्पमाथि दबाब बनाएकी थिइन्। ट्रम्पले भने पहिलो चरणको डिबेटमा आफूले जितिसकेकाले अर्को चरणको बहसमा भाग लिन आवश्यक नरहेको बताएका छन्।

तर, बहसपछिको सर्वेक्षणले डेमोक्रेटिक उम्मेदवार ह्यारिसले रिपब्लिकन प्रतिद्वन्द्वी ट्रम्पभन्दा राम्रो प्रदर्शन गरेको देखाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट