Techie IT
२०८२ मंसिर ५, शुक्रबार

प्रचण्डले स्वतन्त्रता कुण्ठितगर्न खोजेको आरोप लगाउनु दिउसो रात पार्नु जस्तै – महासचिव पोखरेल


आज प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सामाजिक संजाल नियमनको आवश्यकता सम्बन्धी विधेयक माथि ब्यक्त धारणा प्रति नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् । पोखरेलले फेसबुकमा प्रचण्डको अभिव्यक्तिलाई आलोचना गर्दै "विपक्षी दलका नेताको असन्तुलित अभिव्यक्ति" भनेका छन् ।

महासचिव पोखरेलले भने "सामाजिक संजाल नियमनको आवश्यकता वोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल 'प्रचण्ड' र  अहिले विपक्षी दलको नेता रहेका 'प्रचण्ड' एउटै हुन्  कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको छ ।

विगतमा आफू प्रधानमन्त्री भएका वेलामा दुरुपयोग भयो भनेर टिकटक नै वन्दगर्ने निर्णय गरेका 'प्रचण्ड'ले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठितगर्न खोजेको आरोप लगाउनु दिउसै रात पार्नु जस्तै हो ।

सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफम नै वन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने अनि त्यसलाई संचालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुदैन ।

तर आफ्नै मान्यताका विपरित पुष्पकमल दाहाल 'प्रचण्ड'ले सामाजिक संजाल नियमन सम्वन्धी संसदमा दर्ता भएको विचाराधिन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? सत्ता गुमाउदाको छटपटि मात्र कि अरु केही ?" 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट