Techie IT
२०८३ असार २५, बिहीबार

बादललाई तत्काल जेल हाल सरकार: माओवादी नेता दीपशिखा


नेकपा (माओवादी केन्द्र)का युवा नेता राम प्रसाद सापकोटा “दीपशिखा”ले एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) द्वारा जनयुद्धलाई 'हिंसा' भनेर दिएको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत दीपशिखाले सरकारलाई बादललाई तत्काल गिरफ्तार गरी आजीवन कारावास दिन माग गरेका छन्। उनले लेखेका छन्, "पूर्व माओवादी नेता रामबहादुर थापा बादलले जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ— तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हालियोस्।"

दीपशिखाले बादलले हिंसाको आरोप लगाउनु विडम्बनापूर्ण रहेको दाबी गर्दै भनेका छन्, "उनी आफैं प्रत्यक्ष संलग्न भएर त्यस्ता गतिविधि गरेका व्यक्ति हुन्। हामीले त न्याय र परिवर्तनका लागि वर्गसंघर्षस्वरूप जनयुद्ध गरेका हौं।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट