दुवै सदनको बैठक आह्वान, अध्यादेशविहीन सम्भावित कार्यसूची (कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान गरिएको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधिसभाको बैठक आह्वान गरिएको हो ।
आज (आइतबार)को बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सभासमक्ष पेस गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

त्यसैगरी प्रतिनिधिसभा बैठक पनि आह्वान गरिएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्नेछन् ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने भएको छ ।
गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१,’ नेपाल प्रहरी विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्दैछन् ।
विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने कानुनमन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
तर, अध्यादेश संसद्को दुवै बैठकको सम्भावित कार्यसूचीबाट हटाइएको छ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ र प्रतिनिधिसभाको १ बजे आह्वान गरिएको छ ।
बैठक नयाँबानेश्वरस्थित संघीय संसद्को भवनमा आह्वान गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस