Techie IT
२०८२ मंसिर ४, बिहीबार

कांग्रेस–एमाले–माओवादी मिलेर देशलाई खोक्रो बनाए : पूर्वप्रम डा.भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादी मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाएका छन् । 

नेसपाको काठमाडौंमा जारी अधिवेशनलाई सम्बोधन गर्दै तीन दलले तीन दशकयता देशलाई खोक्रो बनाएको आरोप लगाएका हुन् । 

‘वैकल्पिक शक्तिले नयाँ विचारको संश्लेषण गरेर जानुपर्ने बताएका छन् । कांग्रेस–एमाले–माओवादीका तीन टाउकेहरूले ३० वर्षसम्म खाइराखेका छन् । जनताले पनि सत्तामा बस्नेले केही गरेनन्,’ उनले भने, ‘बाहिर बस्नेले गर्छन् कि भन्छन् । फेरि तिनकै पछि लागेका छन् । त्यसले फेरि ठग्छ । पटक–पटक यी तीन वटा टाउकाहरूले ठगेका छन् । यिनले देशलाई हैरान पारिराखेका छन् ।’
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट