पूर्वप्रमलाई महामन्त्रीको प्रश्न : कांग्रेस–एमाले सरकार कसरी असंवैधानिक ?
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न गरेका छन् ।
उनले जारी संसद् बैठकको विशेष शून्य समयमा बोल्दै प्रचण्डलाई शर्माले कांग्रेस–एमाले गठबन्धन सरकार हुँदा कसरी असंवैधानिक भयो भनेर प्रश्न गरेका हुन् ।
यसका साथै उनले वर्तमान सरकार अप्राकृतिक र असंवैधानिक ढंगले गठन भएको भन्ने प्रचण्डको आरोपको खण्डन गरेका छन् ।
संविधानको उहीँ धाराबाट कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा संवैधानिक हुने अनि सोही प्रक्रियाबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक भनी प्रश्न गरे ।
‘कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने अनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो ? संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई कांग्रेसलाई प्रधानमन्त्री बनाउँदा संवैधानिक भयो, अनि सोही धारा को सोही उपधारा बमोजिम ओलीजीलाई बनाउँदा कसरी असंवैधानिक भयो ? सायद उहाँले पछि ब्याख्या गर्नुहोला । तर उहाँको आवेगात्मक अभिव्यक्ति हो यो,’ उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस