Techie IT
२०८२ मंसिर ४, बिहीबार

कम्युनिष्ट एकताबारे प्रचण्डले भने– ओली हुँदासम्म असम्भव


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रहँदासम्म वाम एकता नहुने स्पष्ट पारेका छन् । 

जनकपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केपी ओली हुँदासम्म नेपालमा वामपन्थी एकता असम्भव भएको स्पष्ट पारेका हुन् ।

उनले तत्काल आफूहरू सरकारमा नजानेसमेत स्पष्ट पारेका छन् । ‘हामी पार्टीलाई पुनर्निर्माणतर्फ अघि बढेका छौँ । सरकार बनाउने र गिराउने खेलबाट टाढै रहेका छौँ,’ उनले भने, ‘हाम्रो ध्यान सरकार होइन, पार्टीमा छ ।’

प्रचण्डले कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सरकार बनाउँदा उनीहरूकै संस्कार सरेजस्तो भएको महसुस गरेको बताए । यसलाई नुहाएर पवित्र पार्ने उनले बताएका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट