संसद्मा सभामुखको बलजफ्ती, सांसदको विरोधका बाबजुद बैठक सञ्चालन
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि जारी छ । जारी बैठकमा विपक्षी सांसदहरूले संसद्मा विरोध जनाउँदै आएका छन् ।
उनीहरूले आफ्नो दलगत र अभिव्यक्ति मुखरित गर्न पाउनुपर्ने भन्दै संसद् अवरुद्ध पारेका थिए ।
आज (सोमबार) बसेको संसद् बैठकमा विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले बोल्न पाउनुपर्ने भन्दै उठेर सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए ।
तर, उनले अन्य बैठकमा बोल्नका लागि समय छुट्याएको भन्दै बोल्न दिएनन् । सुवालले बोल्न पाउनुपर्ने अडान राख्दै आसनमा बस्न मानेनन् ।
त्यसपछि सभामुखले जबरस्त संसद्को शून्य समय आरम्भ गरेका छन् । यसअघि पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसद् अवरुद्ध पारेका थिए ।
तर, पनि सभामुखले बैठकलाई नरोकि अघि बढाएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस