Techie IT
२०८२ मंसिर ४, बिहीबार

रुखबाहेक अन्य चिन्हमा भोट हाल्नेलाई कांग्रेसले निष्कासन गर्ने महामन्त्री थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले निर्वाचनमा कांग्रेसबाहेक अन्य पार्टीको चिन्हमा भोट हाल्नेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । 

आज (सोमबार) चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को आम निर्वाचनमा कांग्रेसको निर्वाचन चिन्हमा भोट नगर्ने पार्टीको जोकोहीलाई निष्कासन गर्ने चेतावनी दिएका हुन् । 

उनले आगामी निर्वाचन हुञ्जेलसम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने जिकिर गरे । 

उनले भने, ‘०८४ को चुनावमा अगाडि आएर अब कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनैपनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ उसलाई पार्टीले निष्कासन गर्नेछ ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट