सभामुख जंगिएरै संसद् बैठक गरे स्थगित, पुनः १५ मिनेटपछि बस्ने
काठमाडौं । संघीय संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिपक्षी सांसदहरूले बोल्ने समय माग गरेपछि सभामुख देवराज घिमिरेले बोल्न दिनुको साटो जंगिएर संसद् बैठक स्थगित गरेका हुन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बसिरहेको प्रतिनिधिसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले बोल्न पाउनुपर्ने माग राखेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् ।
अबको केहीबेरमा पुनः बैठक बस्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस