Techie IT
२०८३ असार २१, आइतबार

चितवनको गाजर र चुकन्दर जर्मनी निर्यात, किसान उत्साहित


चितवनको भरतपुर महानगरपालिका–१५, श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेको छ। १२ बिघामा खेती गरिएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मनी पठाउने तयारी भइरहेको छ ।

जिल्ला प्राङ्गारिक सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार, ‘द अग्र्यानिक भ्याली’ संस्थाले गत दुई वर्षदेखि स्थानीय उत्पादनलाई प्रमाणीकरण गरी निर्यात गर्दै आएको छ । यस वर्ष पनि फागुन १५ गतेबाट निर्यात सुरु गरिने उनले जानकारी दिए ।

चितवनमा २० बिघा क्षेत्र अग्र्यानिक खेतीका लागि मान्यता प्राप्त छ। जसमध्ये ६०% क्षेत्रफलमा गाजर र ४०% मा चुकन्दर खेती गरिएको छ । जर्मनी जाने उत्पादनको गाजर प्रतिकिलो रु २० र चुकन्दर प्रतिकिलो रु ५० तोकिएको छ ।


प्राङ्गारिक सङ्घमा आबद्ध १५ जना किसानले गाजर र चुकन्दर खेती गर्दै आएका छन्। यी उत्पादन जर्मनीका साथै काठमाडौँ, पोखरा, चितवन लगायतका बजारमा बिक्री भइरहेको छ।

‘अग्र्यानिक भेन्चर’ नामक संस्थाले उत्पादन खरिद गरी आन्तरिक बजारमा आपूर्ति गरिरहेको छ।
कृषि विकास कार्यालयले सुरुवाती चरणमा आर्थिक सहयोग गरे पनि अहिले प्राविधिक सहायता मात्र प्रदान गरिरहेको किसान छविलाल न्यौपानेले बताए।

स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न सके कृषि क्षेत्रको सम्भावना अझै फराकिलो बन्न सक्ने किसानहरूको विश्वास छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट