Techie IT
२०८२ असोज ८, बुधबार

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा शम्भु श्रेष्ठ सर्वसम्मत चयन


समाजवादी प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलाले सङ्गठनको संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेललाई मनोनित गरेको हो । 

रिक्त रहेका ती पदमा नेतृत्व छनोट गर्न भेला बोलाइएको हो । यसअघि महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सोही पदमा रहने व्यवस्थालाई भेलाले अनुमोदन गरेको छ ।     
    
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सङ्गठनलाई अनुशासित, थप मर्यादित र गतिशील बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रमजीवी पत्रकारहरूको हकहित अधिकार संरक्षण गर्न सङ्गठनले सशक्त रूपमा कार्यक्रम गर्ने बताउँदै उहाँले आगामी एक वर्षभित्र देशभर सङ्गठन सुदृढीकरण गर्ने बताए ।     
    
भेलाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमनका नाममा कठोर नियन्त्रण गर्ने सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता गरी नेपाल पत्रकार महासङ्घ, समाजवादी प्रेस सङ्गठन नेपाललगायतको सहभागितामा विधेयक परिमार्जन गर्न सरकारसँग माग गर्दै दश बुँदे घोषणापत्र जारी गरेको छ ।     
    
प्रेस काउन्सिललगायत राज्यका विभिन्न सञ्चारसँग सम्बद्ध निकाय, पत्रकार महासङ्घसमेतका निकायमार्फत प्रदान गरिने पुरस्कार सम्मान, शोधवृत्ति, तालिम, प्रशिक्षणलाई समावेशिता र निष्पक्षताका आधारमा सञ्चालन एवं वितरण गर्न सम्बन्धित पक्षसँग भेलाले आह्वान गरेको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट