सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुदैँन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयकलाई जस्ताको तस्तै पारित नगर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुनुपर्ने बताएका छन् ।
"सरकारले यस विषयलाई गम्भीरतासाथ लिनुपर्छ," डा. कोइरालाले भने । उनले सरकारलाई चित्त नबुझेका काममा सचेत गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउदले प्रेस जगत्ले जनताको मुद्दा केन्द्रीय बहसमा ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले पनि सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने धारणा राखे, तर अभिव्यक्ति स्वतन्त्रता भनेका कुरालाई बन्देज लगाउनु गलत हुने बताएका छन् ।
सांसद राजेन्द्र बजगाईंले प्रेसमा कुनै प्रकारको दमनको प्रयास नगर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले पत्रकारको जिम्मेवारी र नागरिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
महासंघकी अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्नुपर्ने कुरामा जोड दिँदै, लोकतन्त्रलाई सशक्त बनाउन प्रेस जगत्लाई सशक्त बनाउने कुरा पनि बताइन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल र उपाध्यक्ष नकुल अर्यालले सम्मेलनका प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस