Techie IT
२०८२ असोज ७, मंगलबार

रास्वपा सांसदहरू सभामुख र संसदप्रति गैरजिम्मेवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरू गैरजिम्मेवार बन्दै गएका छन् । आफ्ना माग सम्बोधन नभएको र सभामुखले बोल्न नदिएको झोकमा संसद्प्रति गैरजिम्मेवार बन्दै गएका हुन् । 

संसद्को हिउँदे अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको छ । अधिवेशन (बैठक) आरम्भ भएकै दिन रास्वपाका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए । तर, सभामुखले दलीय वरियताका आधारमा बोल्नका लागि सांसदहरूलाई पालो दिएपछि उनीहरूले उठेर विरोध जनाएका थिए । 

दलीय वरियताका आधारमा सभामुखले क्रमशः सर्वप्रथम संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो नेकपा (एमाले), तेस्रो माओवादी केन्द्र र त्यसपछि चौथो रास्वपा सांसदलाई बोल्न दिने गरेका छन् । यद्यपि कुनै विशेष परिस्थितिमा भने जुनसुकै दलका सभामुखले जतिबेला पनि बोल्न पाउने अधिकार छ । 

त्यसपछि सभामुखले आसन ग्रहणका लागि बारम्बार आग्रह गर्दा पनि उनीहरूले आसन ग्रहण गरेनन् । त्यसलगत्तै सभामुखले संसद् बैठकको कारबाही अगाडि बढाए । संसद्को बारबाही अगाडि बढ्ने बित्तिकै रास्वपा सांसदहरू उठेर बाहिर हिँडेका थिए । 

तथापि सभामुखले संसद् बैठकको कारबाही नरोकेपछि उनीहरू बाहिरिएको १५ मिनेटपछि पुनः संसद् भवनभित्र प्रवेश गरेका थिए । यसो गर्न नहुने भन्दै रास्वपा सांसदहरूको चौतर्फी आलोचना भएको थियो । 

उनीहरूले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको भन्दै संसद्भित्रै असन्तुष्टि जनाउँदै आएका छन् । सहकारीको बचत अपचलनको बहानामा सभापतिमाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोजन दायर गरी दुःख दिएको  सरकारमाथि आरोप छ ।

सोही बहानामा उनीहरूले संसद् अवरुद्ध पार्ने, जतिबेला पनि बोल्न पाउनुपर्ने भन्दै अड्डी कस्ने गरेका छन् । हिजो (सोमबार) बसेको संसद् बैठकमा रास्वपा सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले बोल्न नपाएको भन्दै एकाएक बैठक छोडेर हिँगेकी थिइन् । उनले सभामुखसँग बोल्नका लागि बारम्बार समय माग गर्दा पनि बोल्न नदिएको भन्दै बैठक छोडेर हिँडेकी थिइन् । 

आज (मंगलबार) बसेको बैठकमा सभामुख घिमिरेले श्रेष्ठलाई बोल्नका लागि आग्रह गरेका थिए । सभामुखले ‘सुमना श्रेष्ठ,’ ‘सुमना श्रेष्ठ भनिरहे तर, उनले कुनै प्रतिक्रिया देखाइनन् । 

सोमबार बोल्न नदिएको भन्दै बैठक छोडेर हिँडेकी सांसद श्रेष्ठलाई मंगलबार सभामुख घिमिरेले बोल्ने समय दिएका थिए । तर, उनले कुनै प्रतिक्रिया दिइनन् । 
सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भन्दै नाम पटकपटक उच्चारण गर्दा पनि श्रेष्ठ बोल्ने समयमा उपस्थित नभएपछि सभामुखले अन्य सांसदलाई पालो दिएका थिए ।

सभामुख देवराज घिमिरेमाथि प्रतिपक्षी सांसदहरूले बारम्बार दलीय आस्था देखाएको आरोप लगाउँदै आएका छन् । उनी एमाले पृष्ठभूमिका हुन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवं पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभा बृद्धाश्रम भनि दिएको अभिव्यक्ति विवादमा परेको छ । राष्ट्रिय सभा सांसदहरूले सभाको गरिमामा आँच आउने गरी अभिव्यक्ति दिएको भन्दै शाहीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट