Techie IT
२०८२ असोज ६, सोमबार

कांग्रेस सभापति देउवा भारत जाँदैछन् किन ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उनी उत्तरप्रदेशस्थित प्रयागराजमा आयोजित महाकुम्भमा देउवा भारत जान लागेका हुन् । 

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रम सहभागी हुन भारत जान लागेका हुन् । 

उनी उक्त कार्यक्रमको वक्ताको रुपमा सहभागी हुन भारत जान लागेका हुन् । प्रयागराजमा कार्यक्रम शुक्रबार र शनिबार हुने अयोजकले जनाएको छ । 

कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुनेछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

फागुन १४ मा कुम्भमेला सकिँदैछ । यसअघि नेपालबाट कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसीलगायतका नेताहरू कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किसकेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट