Techie IT
२०८२ असोज ५, आइतबार

संसद् बैठक

पूर्वराजाको सम्बोधनप्रति सांसदको आपत्ति, लिङ्देन भन्छन्– ‘थोरै स्पेस दिनुपर्छ’


काठमाडौं । गत बुधबार प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सम्बोधन गरेका थियो । 

उनको उक्त सम्बोधनमा राष्ट्र जोगाउन आफूलाई साथ दिन गरेको आग्रहप्रति सांसदहरूले आपत्ति जनाएका छन् । आइतबार बसेको संसद् बैठकमा सांसदहरूले आपत्ति जनाएका हुन् । 

राष्ट्रिय सभा सांसद वामदेव गौतम र प्रतिनिधिसभा सांसद ईश्वरी न्यौपानेले पूर्वराजा शाहलाई चुनौती दिएका छन् । उनीहरू दुवैले चुनौती दिँदै राज्यको शासनमा पुग्ने मन भए चुनाव लडेर आउन चुनौती दिएका हुन् । 

पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा दल खोलेर निर्वाचन आयोगमा दर्ता गराई २०८४ को निर्वाचनमा भाग लिन राष्ट्रिय सभा सांसद वामदेव गौतमले सुझाव दिए ।

उनले भने, ‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् । त्यसपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस् । नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’
त्यस्तै प्रतिनिधिसभा सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन् । 

उनले संसद् बैठकमा आकस्मिक शून्य समयमा बोल्दै चुनाव लडेर संसद्मा आउन चुनौती दिएकी हुन् । ‘सत्तामा नै यदि फर्किने चाहना छ भने टीका लगाएर या कसैको कृपाले होइन । नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्,’ उनले भनिन् ।

सांसद द्वयको जवाफमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको जति नै आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताए । उनले पूर्वराजालाई स्पेस दिनुपर्ने बताएका छन् । 

‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने, ‘तसर्थ मलाई जसले जति विरोध गरोस् । गणतन्त्र जसले लडेर ल्याएको होस् या विदेशीको बुई चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट