विराटनगरमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सांकेतिक फोटो
विराटनगरको कोशी राजमार्गमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुर्घटना विराटनगर महानगरपालिका–१४, हनुमान मन्दिर नजिकको सडकमा पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा ठोक्किँदा भएको हो।
मोरङ ट्रफिक प्रमुख इन्सपेक्टर राजन लम्सालका अनुसार राति १०:३० बजे विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो।
मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते भएको जानकारी दिँदै लम्सालले घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको बताएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस