संसद्मा आमसञ्चार विधेयक प्रस्तुत गरिँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संसद् भवन नयाँबानेश्वर उक्त सभाको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।
उक्त सचिवालयका अनुसार आज (मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयक सभामा प्रस्तुत गरिँदैछ । जसअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
मन्त्री पाण्डेले नै नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
बैठक दिउँसो १ः०० बजे बस्नेछ ।
हेर्नुहोस् सम्भावित कार्यसूची :
तपाईको प्रतिक्रिया दिनुहोस