५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोलसहित २ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । पाँच लाख ६४ हजार एक सय ट्याबलेट ट्रामाडोलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठूलो परिमाणको अवैध लागूऔषधसहित कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महांकाल गाउँपालिका–४ बस्ने ३३ वर्षीय सुधिर लामिछानेलाई प्रहरीले नियन्त्रमा लिएको हो ।
साईमनलाई पाँच लाख ३४ हजार एक सय ट्याब्लेटसहित काठमाडौं महानगरपालिका–४ टोखाबाट गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोलसहित काठमाडौं महानगरपालिका–१४ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस