Techie IT
२०८२ असोज ४, शनिबार

संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक हो : सांसद शर्मा


काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले लोकतन्त्र एवं संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक भएको बताएकी छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद शर्माले सरकारले संसद्मा बलमिचाइ गरेको आरोप लगाइन् । सांसदहरूले गल्ती गर्नेप्रति खबरदारी गर्दा संसद् र बाहिर उनीहरूलाई होच्याउने र खिसीटिउरी गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो । 

‘समितिमा विचाराधीन विधेयक फिर्ता नलिएर विधेयक ल्याइन्छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीले संशोधन गर्नुहुन्छ । प्रश्नोत्तर कार्यक्रममा जवाफ दिइन्न । संसद्मा उठेका प्रश्नको जवाफ सरकारले होइन सत्तारूढ दलका सांसदहरुले दिने गरेका छन्,’ उनले भने, ‘यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्को अधिकार प्रयोग गर्न पाउनुपर्छ । यसका लागि सभामुखमार्फत ‘रुलिङ’को माग गर्दछु ।’

सांसद शर्माले स्वर्गद्वारी गुठी पीडित किसानका समस्या समाधान गर्न सरकारसँग माग गरे । सम्पत्ति शुद्धीकरण मामलामा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को खैरो सूचीमा परेको र यसबाट बाहिरिनका लागि नेपालले गरिरहेका कामबारे संसद्लाई जानकारी गराउन समेत उनले सरकारको ध्यानाकर्षण गराइन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट