Techie IT
२०८२ असोज ४, शनिबार

कुलमानमाथि ऊर्जामन्त्री खड्काको गिद्धेनजर : पुनः २४ घण्टे स्पष्टीकरण माग


काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरणको माग गरिएको छ । 

कुलमानले यसअघि पेस गरेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै उर्जामन्त्री दीपक खड्काले पुनः २४ घण्टे स्पष्टीकरणको माग गरेका छन् । 

कुलमानलाई २४ घण्टाभित्रै चित्तबुझ्दो जवाफ दिन स्पष्टीकरण सोधिएको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ । स्पष्टीकरण पत्रमा आन्तरिक तथा बाह्य भ्रमणलगायतको विषय सोधिएको छ । 

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई सरकारले हटाउने तयारी गरेको थियो । तर, हटाएको थिएन ।

उर्जामन्त्रीले गत पुस २२ गते ९ बुँदे स्पष्टीकरण सोधेका थिए । कुलमानले भने पुस २८ गते स्पष्टीकरण दिएका थिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट