३ महिलाको गुप्ताङ्गमा भेटियो ३ केजीभन्दा बढी सुन !

काठमाडौं । त्रिभुवन विमानस्थलबाट तीन किलोभन्दा बढी सुनसहित तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो (बुधबार) राति फ्लाइ दुबईबाट नेपाल आएका ती विदेशी महिलालाई ३ किलो ७४५ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीले रैबार प्रेसलाई बताए ।
तीन महिलाले गुप्ताङ्ग (मलद्वार)मा लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद गरेको प्रवक्ता सुवेदीले बताए । उनका अनुसार विमानस्थलमा खटिएको प्रहरीले ती महिलाको शरीरमा एक्सरे चेकजाँच गर्दा गुप्ताङ्गमा सुन भेटिएको थियो ।
ती तीनै जना महिला उज्बेकिस्तानको नागरिक भएको सुवेदीले बताए । आज (बिहीबार) पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस