Techie IT
२०८२ असोज ४, शनिबार

झोक्किएर चितवन उक्लेका श्रेष्ठ पुनः मधेस झरे, प्रचण्डसँगै अभियानमा हातेमालो


काठमाडौं । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ फेरि तराई मधेस जागरण अभियानमा सरिक भएका छन् । 

झापाको कचनकवलबाट चार दिनअघि सुरु भएको अभियानको उद्घाटन कार्यक्रममा आफूलाई मनोवैज्ञानिक दबाब दिएर बोल्न नदिएको भन्दै अभियान छाडेर हिँडेका श्रेष्ठ बिहीबार सुनसरीमा आयोजित कार्यक्रममा सरिक भएका छन् । 

श्रेष्ठले अभियान सुरु भएको भोलिपल्टै चितवन पुगेर असन्तुष्टि व्यक्त गरेका थिए । उनले सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम प्रस्तोता झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफसमेत गरेका थिए । 

नारायणकाजीले सम्बोधन गर्दैगर्दा उनी पोडियम नजिकै उभिएका थिए । तर, श्रेष्ठले किन उभिएको ? भन्दै प्रश्न गरेका थिए । सोही विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत स्पष्टीकरण दिनुपरेको थियो । चितवन पुगेर झापामा रिसाएको सन्दर्भमा श्रेष्ठले माफीसमेत मागेका थिए ।

पार्टी अध्यक्ष प्रचण्डसहित पार्टीका सबैजसो शीर्ष नेता अभियानमा जुटेका छन् । माओवादीले यो अभियानलाई जनतासँग पुनः फर्कने अभियानको रूपमा लिएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट