Techie IT
२०८२ असोज ४, शनिबार

सबैभन्दा धनी एमाले, कांग्रेस घाटामा, माओवादीभन्दा रास्वपा नाफामा


काठमाडौं । नेकपा (एमाले) सबैभन्दा धनी पार्टीको सूचीमा परेको छ । निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आयव्यय विवरण अनुसार एमाले धनीको सूचीमा परेको हो ।

पार्टी सदस्यता शुल्क, जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाटसमेत लेबीको व्यवस्थित हिसाबकिताब राख्ने पार्टी एमाले देखिएको आयोगले जनाएको छ ।

एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ । आयोगका अनुसार उक्त पार्टीले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिब ७ करोड बचत गरेको छ । 

यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । एमालेले सदस्यता शुल्कबाट मात्रै साढे ११ करोड रुपैयाँ आम्दानी गरेको छ । 

त्यस्तै संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा एस र रास्वपा भन्दा पनि कमजोर देखिएको छ । कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ । 

उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ । खर्च ४ करोड देखाएको छ । त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ । 

माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ । माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ ।

संसदमा १० सीट रहेको नेकपा (एकीकृत समाजवादी) आम्दानीका हिसाबले भने एमालेपछिको धनी देखिएको छ । तर उसको खर्च पनि उत्तिकै भएर घाटाकै हिसाब पेश गरेको छ । 

एकीकृत समाजवादीको गत आर्थिक वर्षको आम्दानी ४ करोड २४ लाख ५३ हजार रुपैयाँ छ । खर्च पनि ४ करोड ५७ लाख देखाएको छ । आयोगका अनुसार हालसम्म ८८ वटा राजनीतिक दलले आम्दानी खर्चको विवरण बुझाएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट