Techie IT
२०८२ असोज ४, शनिबार

गृहमन्त्रीले कोशीका सांसदसँग किन गर्दैछन् छलफल ?


काठमाडौं । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग गृहमन्त्री रमेश लेखकले छलफल गर्दैछन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विवाद उत्कर्षमा पुगेपछि सांसदहरूसँग छलफल गर्न लागेको गृहमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । 

फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधले यतिबेला पूर्वी नेपाल अशान्त बनेको छ । ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदै आएको छ । प्रहरीले माघ १२ मा चलाएको गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए ।

फागुन १० गते पनि आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भयो । झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका थिए । यसमध्ये धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बु गम्भीर घाइते भएका थिए ।

घटनापछि सरकारले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आह्वान गरेको थियो । तर, आन्दोलनरत पक्ष वार्तामा आएका छैनन् । पाथीभरा (मुम्कुमलुङ)मा आन्दोलन गरिरहेका समूहले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई नेतृत्वको वार्ता समितिसँग वार्ता नगर्ने अडान लिएका छन् ।

पाथीभरा क्षेत्रमा भएको समस्याबारे छलफल गर्न बिहीबार गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाएका छन् । 
आज (बिहीबार) दिउँसो १ बजे कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग गृहमन्त्रीले छलफल गर्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट