Techie IT
२०८३ असार २५, बिहीबार

टेस्ला ट्रकमा भएको आगलागी नियन्त्रण गर्न २ लाख लिटर पानी प्रयोग


एलन मस्कको विद्युतीय ट्रक टेस्ला सेमी मा क्यालिफोर्नियामा भएको आगलागी नियन्त्रण गर्न २ लाख लिटर पानी प्रयोग गरिएको छ। अमेरिकाको क्यालिफोर्नियामा गत महिना गुडिरहेको टेस्ला सेमी ट्रकमा अचानक आगलागी भएपछि ठूलो मात्रामा पानी र अन्य सामग्री प्रयोग गरिएको थियो।

टेस्लाको एक कर्मचारीले चलाइरहेको यो विद्युतीय ट्रक दुर्घटनामा परेको थियो। ट्रक सडकबाट उछिट्टिएर ट्राफिक डिलिनेटरमा ठोक्किँदा लिथियम ब्याट्रीमा आगलागी भएको थियो। ट्रक चालकले समयमै ट्रक छोडेर आफ्नो ज्यान जोगाउन सफल भए।

नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डका अनुसार दुर्घटना पछि ट्रकको ब्याट्रीको तापक्रम १००० डिग्री फरेनहाइटसम्म पुगेको थियो। आगो निभाउन क्यालिफोर्नियाको अग्नि नियन्त्रक टोलीले ठूलो मात्रामा पानीको साथै फायर रिटार्डेन्ट (आगो निभाउने विशेष पदार्थ) को पनि प्रयोग गरेको थियो।

लिथियम-आयन ब्याट्रीहरूले धेरै ऊर्जा भण्डारण गर्न सक्छन्। १ किलोग्राम लिथियम आयन ब्याट्रीमा १५० वाट–घन्टासम्म विद्युत सञ्चय गर्न सकिन्छ, जुन एनआईएमएच ब्याट्री (१०० वाट–घन्टा प्रति किलोग्राम) र लेड एसिड ब्याट्री (२५ वाट–घन्टा प्रति किलोग्राम) भन्दा उच्च क्षमताको हो।

एलन मस्कले सन् २०१७ मा पहिलोपटक विद्युतीय ट्रकको अवधारणा सार्वजनिक गरेका थिए, जुन २०२२ मा प्रयोगका लागि बजारमा ल्याइएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट