Techie IT
२०८२ असोज ४, शनिबार

पोखरामा चार सय बढीलार्ई हरित रोजगारीसम्बन्धी तालिम


पोखरामा फोहोरलाई व्यावसायिक अवसरमा बदल्ने उद्देश्यसहित चार सय बढीलाई हरित रोजगारीसम्बन्धी तालिम प्रदान गरिएको छ । पोखरा महानगरका ३३ वडाका यी सहभागीहरूलाई 'रिसाइक्लिङ' र 'अपसाइक्लिङ' मार्फत हरित रोजगारी सिर्जना परियोजना (जिसिआरयू) अन्तर्गत एक सातासम्मको सीपमूलक तालिम दिइएको हो ।

दीर्घायु नेपालका सचिव अनिल लामिछानेका अनुसार, यस तालिमले दिगो फोहोर व्यवस्थापन र हरित रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको छ । तालिममा सहभागीहरूलाई फोहोरका प्रकार, समुदायको भूमिका, फोहोर व्यवस्थापन, वर्गीकरण, जिम्मेवार उपभोग र थ्रिआर सिद्धान्त (रिडियुस, रेस्क्यु र रिसाइकलबिन) तथा व्यावसायिक योजना विकासलगायत विषयमा प्रशिक्षण दिइएको छ ।

यस परियोजनाले सन् २०२९ भित्र पोखरामा छ भन्दा बढी हरित रोजगारी सिर्जना गर्दै दिगो फोहोर व्यवस्थापनको अभ्यास स्थापना गर्ने लक्ष्य राखेको छ । पोखराका एक सय ३६ टोल विकास संस्थासँग सचेतना अभियानसमेत सञ्चालन गरिएको छ, जसमा फोहोर वर्गीकरणका लागि कीट वितरण गरिएको छ । परियोजनाले एक हजार तीन सय जनालाई दिगो फोहोर व्यवस्थापन, रिसाइक्लिङ र अपसाइक्लिङसम्बन्धी सीप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ ।

फोहोरलाई मूल्यवान् स्रोतमा बदल्ने यस प्रयासले वातावरणीय चुनौतीहरू समाधान गर्न र पोखराको आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ । यस परियोजनालाई कोरिया इन्टरनेसनल कोअप्रेसन एजेन्सी (कोइका)ले वित्तीय सहायता प्रदान गरेको छ भने संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले पोखरा महानगरपालिकासँगको सहकार्यमा कार्यान्वयन गरिरहेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट