Techie IT
२०८२ असोज ३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो ।

सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट