बोरिङ खन्नेक्रममा निस्कियो आगोको ज्वाला
काठमाडौं । बोरिङ खन्नेक्रममा जमिनमुनिबाट आगोको ज्वाला निस्किएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिस्थित टीकाथलीमा बोरिङ खन्नेक्रममा आगोको ज्वाला निस्किएको हो ।
३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि आगोको ज्वाला निस्किएको छ ।
पानी खनाएर आगो निभाउने कोसिस गर्दा ननिभेको स्थानीयले बताएका छन् ।
उक्त स्थानमा प्रहरी पुगेको छ भने वैज्ञानिक पुष्टिका लागि सरकारी अधिकारीसँग समन्वय भइरहेको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस