Techie IT
२०८२ असोज ३, शुक्रबार

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन् । 

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरि प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् । 

विपक्षी दलमा माओवादीसहित, एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरू बैठकमा सहभागी हुने बताइएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ । 

विपक्षी दलहरूले अध्यादेशको विरोध गर्ने रणनीति बनाउन बैठक बस्न लागेको बुझिएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट