कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप

काठमाडौं । पोखराको लेकसाइडस्थित बाराहीघाटमा कोटिहोमको भूमिपूजा रोक्न खोज्दा प्रहरीसँग झडप भएको छ ।
मानव सेवा फाउन्डेसनद्वारा कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर प्रहरीसँग झडप भएको हो ।
पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न लागेको भन्दै दुई पक्षबीच झडप भएको हो ।
भूमिपूजन रोक्न महानगर प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको हो । यस घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन् ।
मानव सेवा फाउन्डेसनले कोटिहोम आयोजना गर्न बाराहीघाट क्षेत्र चयन गरेको छ । तर अनुमति नलिई काम अघि बढाएको भन्दै महानगरले आपत्ति जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस