Techie IT
२०८३ भाद्र २०, शनिबार

कुटपिट गरेर श्रीमतीको हत्या

एक व्यक्तिले आफ्नो श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्


महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक व्यक्तिले आफ्नो श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार, स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरेर हत्या गरेका हुन्।

 घरायसी झगडाको क्रममा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए। समयमै उपचार नहुँदा रोशनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनापछि फरार भएका हबिबको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट