प्रचण्डको फोटोमा आगो लगाउने राप्रपाका युवा संगठनका नेता निराजन बम पक्राउ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटोमा आगो लगाइएको छ ।
हिजो (शनिबार) हेटौडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बलमे उनको फोटोमा आगो लगाएका हुन् ।
बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटोमा आगो लगाएर जलाएका थिए ।
बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको फोटोमा आगो लगाएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस