Techie IT
२०८२ असार २, सोमबार

करिब ५ सय ४७ किलो गाँजासहित एक जना पक्राउ


महोत्तरी । बर्दिबास नगरपालिका(३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख ५८३२ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपी लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी मिनि ट्रक चालक सलिनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट