Techie IT
२०८२ वैशाख २६, शुक्रबार

काठमाडौंमा घटस्थापना अघि मेलम्चीको पानी आउने

काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्।


काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्। काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

खानेपानी मन्त्री प्रदीप यादवले दशैँअघि मेलम्चीको पानी उपलब्ध गराउन निर्देशन दिएका छन्। सोही अनुसार मेलम्ची खानेपानी विकास समितिले कार्य गरिरहेको छ। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए अनुसार, मेलम्चीको पानी असोज दोस्रो साता भित्र काठमाडौँमा ल्याउने तयारी भइरहेको छ।

हाल काठमाडौँमा बिग्रिएका र भत्किएका खानेपानीका पाइप मर्मत गर्नका लागि काम भइरहेको छ। वर्खायाममा धमिलो पानी र बाढीको कारण गत असार १० गतेदेखि पानी ल्याउन रोकिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्नका लागि तयारी अघि बढाइएको छ।

काठमाडौं उपत्यकामा पानीको दैनिक माग ४३ करोड लिटर रहेको छ, र मेलम्ची खानेपानी विकास समितिका अनुसार गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको थियो। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउने योजना छ।

काठमाडौँमा बाह्रै महिना पानी उपलब्ध गराउनका लागि इन्टेकलाई सर्कथली क्षेत्रमा आठ सय मिटर माथि सार्ने तयारी गरिएको छ। मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा १,७०० किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट