स्ववियु निर्वाचन : नेविसंघको विरासत कायम, अनेरास्ववियु र अखिल क्रान्तिकारीमा उलटफेर (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्ववियु निर्वाचनमा नेविसंघले आफ्नो विरासत कायमै राखेको छ ।
त्रिविका ६२ वटा आंगिकमध्ये ३७ क्याम्पसमा भएको निर्वाचनमा नेविसंघ १५ वटामा विजयी भएको छ ।
त्यस्तै अनेरास्ववियु ११ क्याम्पसमा विजयी भएको छ भने अखिल (क्रान्तिकारी) ८ र स्वतन्त्र ३ वटामा विजयी भएको त्रिविले जनाएको छ ।
चैत ५ गते भएको स्ववियु निर्वाचनमा ३७ क्याम्पसमध्ये अधिकांशमा कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले जितेको छ ।
त्यसपछि एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र स्वतन्त्र विजयी भएको छ ।
२५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया दिनुहोस