Techie IT
२०८३ असार १३, शनिबार

नेप्से निरन्तर ओरालोतिर


शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । 

आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ बराबरको कारोबार भएको हो । 

आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ । आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ । आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ दशमलव ९० प्रतिशतले बढेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट