०८४ सम्म प्रधानमन्त्रीको चाहना छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्ने चाहना नभएको प्रष्टीकरण दिएका छन् ।
जनतासँग माओवादी अभियानअन्तर्गत तराई–मधेस जागरण अभियानको क्रममा वीरगञ्ज पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग संवाद गर्दै आफू जनताकै साथमा रहने बताउँदै २०८४ सम्म प्रधानमन्त्री बन्ने चाहना नभएको प्रष्टीकरण दिएका हुन् ।
उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काममा केन्द्रित रहेको आरोप लगाए ।
‘यो सरकार राम्रो काम गर्न बनेको होइन। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो,’ उनले भने, ‘त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ ।’
एमाले सांसद तथा लेखा समितिको सभापति समेत रहेका ऋषिकेश पोखरेलमाथि ठूलठूला आरोप लागेको भए पनि चोख्याउने काम गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस