Techie IT
२०८२ जेष्ठ २६, सोमबार

रवि लामिछानेको निवेदन दर्ता, सोमबार पेसी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् । 

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन् ।

सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका लागि पेशी तोकिएको छ ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जस प्रति असहमति दर्ज गर्दै लामिछाने उच्च अदालत, पाटन पुगेका हुन् । 

 

सो सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट