Techie IT
२०८२ जेष्ठ २५, आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

आज (आइतबार) दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेप ललितपुरमा उक्त बैठक बस्ने कार्यवहाक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । 

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट